यसकारण बार्नु पर्दैन मलामास

बिक्रम संवतको आधारमा गणना हुने पात्रोमा हरेक दुई बर्ष र केही महिनाको अन्तरालमा एकै महिनामा दुइवटा औँसी  पर्ने गर्दछन । जसलाइ पन्चांगहरुमा अधिकमास र बोलीचालीमा मलामास भन्ने गरिन्छ । यो महिना धार्मिक प्रयोजनको लागि असुद्ध हुने र शुभकार्य  गर्न नहुने मान्यता राखिएको पाइन्छ । अझ यो महिनामा पतिपत्नी संगै बस्न नहुने भनेर आतंक सृजना गरिएको पाइन्छ । त्यसो भए के हो त मलामास? यससँग जोडिएका कुराहरु कतिको प्रासंगिक छन त? त्यसबारे चर्चा गरौं ।
अधिकमास के हो?"
पुर्विय ज्योतिषीय गणना चन्द्रमानमा आधारित हुन्छ जस अनुसार गणना गरिएको पात्रोमा  सौर्यमानमा आधारित पात्रोमा भन्दा केही दिन कम रहने गर्दछ । यो फरक दुई बर्ष र केहि महिनाभित्रै एक महिना बराबर हुने गर्दछ ।  यहि फरक परेको समयलाइ समायोजन गर्नको लागि नै अधिकमासको सहायता लिने गरिन्छ । सौर्य मानको आधारमा गणना गर्ने पात्रोमा हरेक बर्ष छ घन्टा बढ्दै जाने हुँदा प्रत्येक चार वर्षमा लिप यिअर थपेजस्तै चन्द्रमाको आधारमा गणना हुने क्यालेन्डरमा अधिकामास राखिएको हो

हाम्रा अग्रज ज्योतिष हरुको अनुसन्धानको त्यो क्षमतालाइ सलाम गर्नुपर्दछ जसले यति बैज्ञानिक गणना गर्ने विधि आबिस्कार गरे । तर त्यही गणनालाइ आधार बनाएर भ्रमको खेती गर्नेहरुको बाली चाहिँ राम्रै फस्टाएको देखिन्छ ।

बिक्रम संवतको आधारमा गणना हुने पात्रोमा हरेक दुई बर्ष र केही महिनाको अन्तरालमा एकै महिनामा दुइवटा पुर्णिमा पर्ने गर्दछन । जसलाइ पन्चांगहरुमा अधिकमास र बोलीचालीमा मलामास भन्ने गरिन्छ । यो महिना धार्मिक प्रयोजनको लागि असुद्ध हुने र शुभकार्य  गर्न नहुने मान्यता राखिएको पाइन्छ । अझ यो महिनामा पतिपत्नी संगै बस्न नहुने भनेर आतंक सृजना गरिएको पाइन्छ । त्यसो भए के हो त मलामास? यससँग जोडिएका कुराहरु कतिको प्रासंगिक छन त? त्यसबारे चर्चा गरौं ।
किन अधिकमास विशेष होइन?

अधिकमास अरु समय भन्दा फरक समय होइन । चन्द्रमाले पृथ्वीलाई घुम्न लगाउने समयलाइ 12 ले गुणन गर्दा 365 दिन हुनुपर्छ भन्नू पुर्बाग्रह बाहेक केहि होइन । बृहस्पतिको आफ्नै एक बर्ष हुन्छ मंगलको आफ्नै र सुक्रको आफ्नै । त्यसै गरि चन्द्रमाको आफ्नै । यदी चन्द्रमाको गति अलिक फरक भएको भए? वा प्रीथ्बी अलि छिटो घुमेको भए? के अधिकमासको अस्तित्व रहन्थ्यो? वा चन्द्रमा नै नरहेको भए? वा चन्द्रमाबाट परावर्तन भएको प्रकाश पृथ्बीबाट नदेखिने अवस्था आएको भए?  के अधिकमासको अस्तित्वबारे थाहा हुन्थ्यो?
यसर्थ अधिकमास चन्द्रमासको आधारमा गणना गर्दा आएको इरर बाहेक केही होइन । ब्यबहारिक अभ्यासमा इररलाइ धार्मिक लेपन लगाइदैन बरु त्यसलाइ कम गर्न खोजिन्छ । कम गर्न नसकिने भए अन्य उपायबाट त्यसको हल खोजिन्छ । नांगो आँखाबाट ब्याक्टेरिया नदेखिने भए माइक्रोस्कोप बनाएर भए पनि हेरिन्छ तर ब्याक्टेरियाको पुजा गरिदैन । त्यसरी नै चन्द्रगणनामा आएको इररलाइ समायोजन गर्न निकालेको अधिकमासलाइ सम्मान गर्ने हो र पुर्खाको बिबेकको अनुसरण गर्दै बिबेकी वन्ने हो । न कि यसलाइ नै धार्मिक जलप लगाउने ।
र निचोडमा
अधिकमास सामान्य समयको रुपमा बुझौँ र त्यसै अनुसार दैनिक जीवन संचालन गरौं । यसमै सबैको भलाइ छ ।